सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास, जनतालाई करको भार थपियो: डा. महत

सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास, जनतालाई करको भार थपियो: डा. महत

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, जेठ १६ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७५÷ ०७६ को बजेट कर्ण्प्रिय भएपनि कार्यान्वयन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । डा. महतले सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास रहेकोसमेत दावी गर्नुभयो ।

राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा डा. महतले सरकारले ल्याएको बजेटको आश्वासन र उद्देश्य राम्रो भएको तर कार्यान्वयनका आधार नै नभएको जिकिर गर्नुभयो ।

पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्ने लक्ष्य हुँदाहुँदै आर्थिक वृद्धिदर ८ प्रतिशत र्पुयाउने योजनाबीच तालमेल नमिल्ने उहाँको भनाई छ । राजश्व वृद्धिको लक्ष्य ३० प्रतिशत भएपनि त्यो सम्भव नहुने भन्दै उहाँले यसले जनतालाई थप भार पर्ने पनि दाबी गर्नुभयो ।

करको अधिकार प्रदेश र स्थानीय तहमा गएको अवस्थामा राजश्व पनि बाँडफाँट हुने भएकाले संघमा ३० प्रतिशत राजश्व उठाउन पनि नसकिने उहाँको भनाँई छ । स्थीर सरकारले कर्मचारी प्रशासनलाई पनि स्थीर बनाउनुपर्नेमा दिनदिनै कर्मचारी सरुवा गरेर प्रशासन अस्थीर बनाइएको आरोप डा. महतले लगाउनु भयो ।

बूढिगन्डकी जलविद्युत् आयोजनाको प्रारम्भिक काम गर्ने कुरा बजेटमा उल्लेख भएपनि कसले बनाउने भन्नेमा मौन बसेकोप्रति आपत्ति जनाउदै उहाँले चिनियाँ कम्पनी गेजुवालाई जिम्मा दिने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
सातओटै प्रदेशलाई बजेट छुट्टयाइएको तर संयन्त्र, प्राविधिक र प्रशासनिक क्षमता वृद्धिप्रति बेवास्ता गरिएको डा. महतको आरोप छ । यस्तै उहाँले कृषि उत्पादन पाँच वर्षमा दोब्बर बनाउने तथा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा नहुने दावी समेत गर्नुभयो ।

प्रधानमन्त्री कार्यालयलाई पाँच लाख रोजगारी सिर्जना गर्ने जिम्मा दिनु गलत भएको भन्द्यै महतले बजेट प्राथमिकताले नभएर चर्चा र प्रोपोगान्डालेमात्रै भरिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ