काठमाडौँ, जेठ १६ ।
आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेटमाथि प्रतिनिधिसभामा तीन दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले हिजो संघीय संसदमा प्रस्तुत गरेको बजेटमाथि भोली देखि छलफल हुन लागेको हो ।
छलफलमा भाग लिने सदस्यहरूले आ–आफ्नो दलको कार्यालय मार्फत् नाम टिपाउन सक्ने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
सभामुख महराले सदस्यहरूलाई दिएको सूचना अनुसार बिहीबार, शुक्रबार र आगामी आइतबार बजेटमाथि छलफल हुनेछ ।
संवैधानिक प्रावधान अनुसार संघीय संसदमा पेस भएको बजेट छलफल भने प्रतिनिधिसभा र राष्ट्रियसभामा फरक फरक हुनेछ । बजेटमा उठेका प्रश्नमा अर्थमन्त्रीले दुबै सदनमा जवाफ दिने कार्यक्रम छ ।
सांसद्हरुले बजेटमा संशोधन दर्ताको समय पाउनेछन्। मूल विनियोजन विधेयक असार मसान्तभित्र पारित भइसक्नु पर्नेछ । यस्तै सरकारले प्रस्तुत गरेको बजेट प्रति अर्थविदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
विकासको आधार तल्लो तह प्रदेश र स्थानीयलाई बनाउनुपर्नेमा एक चौथाई मात्रै रकम विनियोजन गर्नु त्रुटिपूर्ण भएको बताएका छन् । बजेटमा समृद्धिका योजनालाई प्राथमिता दिइनु सकारात्मक रहे पनि आय कर सोजेजति संकलन नभए ८ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य पूरा हुन कठीन हुने बताएका छन् ।