माटाेमाथि नै कालाेपत्रे गरेपछि ……

माटाेमाथि नै कालाेपत्रे गरेपछि ……

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

कन्चनपुर, जेठ १६ ।माटाेमाथि नै कालाेपत्रे गर्ने कार्य सुरू भएपछि काम राेक्न निर्देशन दिइएकाे छ ।  कञ्चनपुरको महाकाली नगरपालिकाले वडा नम्बर ४ मा भइरहेको सडक निर्माणको काम रोक्न निर्देशन दिएको हाे ।

सडक निर्माणका क्रममा अनियमितता भएको देखिएको भन्दै नगरपालिकाले सडक निर्माणको काम तत्काल रोक्न ठेकेदारलाई निर्देशन दिएको हो ।

सडक कालोपत्रे गर्दा गिट्टीमाथीको माटो सफा गर्नुपर्ने भए पनि ठेकेदारले मापदण्ड विपरीत माटो माथी नै कालोपत्रे गरेको पाइएपछि स्थानीयले त्यसको विरोध गरेका थिए ।

नगरपालिकासँग भएको इस्टिमेटअनुसार सडक कालोपत्रे गर्दा अनियमितता देखिएकाले तत्काल काम रोकि सुधार गर्न निर्देशन दिएको महाकाली नगरपालिका कार्यालयले जनाएको छ ।

तर, नगरपालिकाले काम रोकि सुधार गर्न निर्देशन दिए पनि ठेकेदारले अटेरी गर्दै कालोपत्रे गर्ने काम जारी राखेको स्थानीयले बताएका छन् ।

कालोपत्रे निर्माणमा अनियमितता देखिएकाले तत्काल काम रोकि सुधार गर्न भनिएको र ठेकेदारले अटेरी गरेर मापदण्ड विपरित काम गरे भुक्तानी नदिने महाकाली नगरपालिकाले जनाएको छ ।

गत पुस ३१ गते पन्त कन्स्ट्रसनसँग यही जेठ मसान्तसम्म काम सक्ने गरी ३३ लाख ९ हजार १ सय ३२ रुपैयाँमा ५ सय मिटर सडक कालोपत्रे गर्ने सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ