आव २०७५/२०७६ मा निजी आवास पुनःनिर्माण सम्पन्न गरिने

आव २०७५/२०७६ मा निजी आवास पुनःनिर्माण सम्पन्न गरिने

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौँ, १५ जेठ।

पुनःनिर्माणलाई आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिँदै निजी आवास बनाइसक्ने घोषणा गरिएको छ ।

पुनःनिर्माणका लागि आव २०७५÷२०७६ मा रु एक खर्ब ५१ अर्ब आठ करोड १३ लाख बजेट छुट्याइएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्प र गत वर्ष तराई–मधेश क्षेत्रमा आएको बाढीपहिरो पीडितका लागि आवास पुनःनिर्माणलाई गति दिइने अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ ।

बाढीपहिरो र डढेलोलगायत सबै प्रकारका प्राकृतिक प्रकोपपीडितको आवास निर्माणका लागिसमेत बजेट व्यवस्था गरिएको छ । पुनःनिर्माणका अन्य आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्माणलाई थप तीव्रता दिइने प्रतिबद्धता बजेटको छ ।

प्रदेश र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिने भएको छ । विपद् प्रभावितले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्ने लक्ष्यसमेत बजेटको छ । यसका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ