कर्णालीका विकट जिल्लामा सुरु हुँदै हवाइ सेवा, कुन कुन जिल्लामा हवाई सन्चालन ?

कर्णालीका विकट जिल्लामा सुरु हुँदै हवाइ सेवा, कुन कुन जिल्लामा हवाई सन्चालन ?

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जेठ १५, सुर्खेत । सीता एअरले कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा प्रदेश राजधानी सुर्खेतबाट हवाइ सेवा शुरु गर्ने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भएको छलफलमा सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतबाट हवाइ सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो ।

मुख्यमन्त्रीको कार्यालयमा भएको छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रालिका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाइसेवा संचालन सम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिबद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाइ यातायात सेवाको अभिबृद्धि गर्न प्रदेश राजधानीबाट जिल्ला सदरमुकामहरुमा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजबाट उडान गर्ने उल्लेख गरिएको छ । सीता एअरले यसअघि नेपालगञ्जबाट हवाइ सेवा संचालन गरिरहेको थियो ।

प्रदेश राजधानी सुर्खेतबाट सिधै हवाइ यातायात संचालन भएपछि दुर्गम जिल्लाका नागरिकहरुलाई नेपालगञ्ज पुगेर सुर्खेत आउनुपर्ने समस्याबाट राहात मिल्ने मुख्यमन्त्री शाहीले बताउनु भयो ।

यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाइ सेवाको प्रयोग गरी सुर्खेत आवागमन गर्दा नेपालगञ्जदेखि सुर्खेतसम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो ।

प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ