चालू आर्थिक वर्षको ८ महिनामा १८ हजार घरेलु तथा साना उद्योग दर्ता

चालू आर्थिक वर्षको ८ महिनामा १८ हजार घरेलु तथा साना उद्योग दर्ता

  • सोमवार, जेष्ठ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, जेठ १४ । चालू आर्थिक वर्षको ८ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
साना उद्योगलाई आर्थिक विकासको मेरुदन्डकारुपमा लिएको सरकारले आइतबार संघीय संसदमा प्रस्तुत् गरेको चालू आवको ८ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नम्बर–३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन् ।

प्रदेश नम्बर–१ मा एक हजार ९०४, प्रदेश नम्बर–२ मा तीन हजार १८७, प्रदेश नम्बर–४ मा दुई हजार ३७१, प्रदेश नम्बर–५ मा तीन हजार ७७४ तथा प्रदेश नम्बर–७ मा एक हजार २८८ उद्योग दर्ता भएका छन् ।

हालसम्म नेपालमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमार्फत् चार लाख पाँच हजार ७४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

चालू आवको ८ महिनामा १५ हजार ३४५ फर्म तथा कम्पनी, कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका छन् । पब्लिक लिमिटेडमा ३४, प्राइभेट लिमिटेडमा १४ हजार ९६६, मुनाफा वितरण नगर्ने ३०९ र विदेशी ३६ कम्पनी रहेका छन् ।

स्थानीय स्रोत–साधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्न सरकारले लघुउद्यम कार्यक्रमअन्तर्गत् चालू आवकोे ८ महिनामा एक लाख ३२ हजार लघुउद्यमी सिर्जना गरेको छ । सिर्जना भएका लघुउद्यमीमध्ये ७४ प्रतिशत महिला रहेका छन् ।

उक्त कार्यक्रममार्फत् गरिबीको रेखामुनि रहेका करिब एक लाख ७१ हजार नागरिकले रोजगार पाएका बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ