रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पुरा

रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पुरा

  • सोमवार, जेष्ठ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

नुवाकोट, जेठ १४ ।
चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ । गत जेठ ६ राजधानीको टोखाबाट अध्ययन सुरु गरेको टोलीले नुवाकोटको त्रिशुली हुदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्म अध्ययन पुरा गरेको हो ।

नेपाली सहितको चिनियाँ प्राविधिक टोलीले एक साताको अवधिमा रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पुरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।

उहाका अनुसार विभागका महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा रहेको टोलीले चीनबाट नेपालमा ल्याउने रेलमार्गको सम्भाव्यता अध्ययनका क्रममा काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता के हुन्छ भनेर अब प्रतिवेदन निर्माण गर्नेछ ।

आगामी असोज सम्म केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन चिनियाँ पक्षले बुझाउने तयारी भएकाले अहिलेको पूर्वसम्भाव्यता अध्ययनलाई महत्वका साथ लिइएको छ ।

सरकारले गत सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने विषय समावेश गरेकाले चिनियाँ रेल भित्रने संकेतका आधार बलियो बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ