उपत्यकाका भूकम्पपीडितलाई उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण

उपत्यकाका भूकम्पपीडितलाई उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, १३ जेठ ।
द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ ।

विसं २०७२ वैशाख १२ मा क्षति भएको ९९४ घर पुनःनिर्माणका लागि कर्पोरेशनले काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त काठ वितरण गरेकामा काठमाडौँमा १४ हजार ७७०, भक्तपुरमा २६ हजार १५० र ललितपुरमा सात हजार ९१० क्युफिट काठ वितरण भएको हो ।

कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले काठमाडौँमा ३९६, भक्तपुरमा ६६८ र ललितपुरमा २४० घर पुनःनिर्माणका लागि काठ माग भएकामा काठमाडौँमा २९९, भक्तपुरमा ५३२ र ललितपुरमा १६३ घर पुनःनिर्माणका लागि काठ वितरण गरिसकिएको जानकारी दिनुभयो ।

विसं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्दे्शिका–२०७२ लाई स्वीकृत गरेपछि कर्पोरेशनले गत वर्षको जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण कार्य शुरु गरेको हो ।

निर्दे्शिकाको परिच्छेद–५ को दफा ११ मा भूकम्प प्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था गरिएको थियो ।

यस्तै कर्पोरेशनले सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, नुवाकोट, गोरखालगायतका जिल्लाका लागि झण्डै नौ हजार क्युफिट काठ वितरण गरिसकेको महाप्रबन्धक लौडारीले बताउनुभयो । सम्पदालाई भने मागबमोजिम नै काठ उपलब्ध गराउँदै आएको कर्पोरेशनले जनाएको छ ।

उपत्यका बाहिरका भूकम्प प्रभावित जिल्लामा भने सम्बन्धित जिल्ला वन कार्यालयबाट नै काठ उपलब्ध हुँदै आएको छ ।

कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपूर्जा र घर निर्माणको नक्सा हेरेर प्रतिक्युफिट रु दुई हजार ७४० मा काठ उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले प्रतिपरिवार अधिकतम ५० क्युफिट काठ वितरण गर्दै आएको छ ।

भूकम्प प्रभावित जिल्लालाई हालसम्म सामुदायिक वनले मात्र छ लाख ५८ हजार ६४५ क्युफिट काठ उपलब्ध गराएको वन विभागले जनाएको छ । यस्तै सिन्धुपाल्चोकका भूकम्पपीडितलाई जिल्ला वन कार्यालयले २५ हजार क्युफिट काठ वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ