सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित, कांग्रेस र राजपा विपक्षमा

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित, कांग्रेस र राजपा विपक्षमा

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, जेष्ठ १३ ।
सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।

राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा बसेको प्रतिनिधिसभा आजको बैठकमा नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीमा संसदमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा चार दिनसम्म चलेको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद अनिलकुमार झा बाहेकका संशोधनकर्ताले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
संसदले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनु भएको थियो ।

प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमको विरोध नै गर्नुपर्ने संस्कार सुधार गर्न अपिल गर्नु भएको थियो ।

नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाले राखेका संशोधन बहुमतले अस्वीकृत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ