प्रचण्डकै बिश्वासपात्रले भने,-प्रचण्ड ! तपाई रावण र कंश हो, आफ्नो आची समेत खान तयार हुने हनुमानलाई मात्रै छान्यौ

प्रचण्डकै बिश्वासपात्रले भने,-प्रचण्ड ! तपाई रावण र कंश हो, आफ्नो आची समेत खान तयार हुने हनुमानलाई मात्रै छान्यौ

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

काठमाण्डौ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नेकपा अण्डरलाईनमा सम्मानजनक स्थान नपाएपछि पुष्पकमल दाहाल प्रचण्डका बिस्वासपात्रहरु नै उनीप्रति असन्तुष्ट बनेका छन् । त्यसमा पनि प्रचण्डले छोरी रेनु दाहाल, ज्वाइ जीवन घिमिरेलाइ केन्द्रीय सदस्य बनाएको मा पनि बिरोध जारी छ ।

पार्टी एकतासँगै ठूलो पार्टी त भयो तर माओवादीका जनयुद्ध लडेका पुराना नेता केन्द्रीय समितिमा नपरेपछि सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई कंश र रावणको संज्ञा दिदै बिरोधमा उत्रन थालेका छन् ।
आफु नपरेकोमा त धेरैको असन्तुष्टी थियो नै आफु भन्दा कनिष्ट नेता समेटिएपछि उनिहरुले आफ्ना भावना छरपष्ट पारेको बताएका छन् । फेसबुकबाट प्रचण्डलाई चिठ्ठिको ओईरो नै लाग्न थालेको छ । कतिपयले आफ्नै व्यथा पोखेका छन् भने कसैले आफन्त वा आफूले चाहेका नेताहरुले केन्द्रीय सदस्य, स्थाई वा हाईकमाण्डमा नपरेकोमा गुनासो गरिरहेका छन् । कतिपयले त अब पार्टीबाट विशम लिने सम्मको अभिब्यक्ति दिएका छन् ।

पूर्व माओवादी नेता बाबुराम गौतमले प्रचण्डलाई चिठ्ठि लेख्दै भनेका छन्, तपाईंको मनपरी तन्त्रको थोरै भए पनि भण्डाफोर गर्न यो पत्र कोरेको छु ।
उनले प्रचण्डको डुब्न् लागेको राजनीतिक जिबन एमालेले जोगाइदिएकोले एमाले नेता ओलि र सम्पुर्ण एमाले जन हरु धन्यवादका हकदार भएको पनि प्रतिकृया दिएका छन् । गौतमले प्रचण्डलाई भने, तपाई सत्य युगको राम जस्तै हुनुहुन्छ भन्ने लागेको थियोे तर तपाई त राबण र कंश भन्दा पनि खराव निस्कनु भो ।

यसअघि नवगठित पार्टीमा माओवादी केन्द्रको भागमा परेका दुई सय केन्द्रिय सदस्य छान्दा १२ जिल्ला को प्रतिनिधित्व छुटाएको, पुराना सिनियर कमरेडहरु बग्रेल्ती छुट्टयाएको , समाबेसी सिद्धान्तको बर्खिलाप गरिएको भन्दै ८० जना पुर्ब पिबिएमहरुले फरक मतसमेत प्रचण्डलाई बुझाएका छन् । ४ हजार केन्द्रिय समिती बाट २०० जना छान्न सजिलो नभएपनि छनौटमा अपनाईएको बिधि र केन्द्रिय समितिमा छानिएको ब्याक्तिहरु सहि नभएको भन्दै उनीहरुले प्रचण्डलाई भेटेरै असन्तुष्टि जनाएका थिए ।

गौतमले फेसबुकमा लेखेका छन्, २०४६ साल देखि पार्टीमा लागेको ,०५२ सालमा एक्लै बानेश्वर चोकबाट राज्य विरुद्ध धाबा बोलेको, छद्ध सालमा कालिमाटी बाट गिरफ्तार भै पहिलोपटक जेल परेको र पार्टी लाई जहाँ जहाँ समस्या पर्छ त्याहा त्याहा गएर पार्टी र आन्दोलनको सेवा गरेको यहि अपमानका लागि थियोे ? तपाईले केसमा छानेका ब्याक्तिको लिस्ट हेर्दा अबसर जति मलाई अनि आफ्ना लाई अनि आफ्ना आची समेत खान तयार हुने हनुमान हरु लाई अनि बचेको धम्क्याउने हरुलाइ! बस पुग्यो। तपाईंको भासामा तपाईं आफैले बनाएको सुरुका १ नम्बर लिस्टमा अटाएका हरु दसौ पटक को संसोधित लिस्टमा अटाएन्न। तपाइमा कतिधेरै अहंकार देखियो भने तपाई त उत्तर कोरियाली रास्ट्रपति किम जोङ उन भन्दा पनि बढी शक्तिको प्रयोग गरेको देखियो ।

उनले ३० बर्ष को राजनीतिक जिबनमा केहि विकल्प बारे सोच्न पहिलोपटक बाद्य भएको बताउदै भनेकाछन्, लाग्थ्यो तपाई त सहि हुनुहुन्छ बाबुराम भट्टराई गलत हुन । लाग्त्यो तपाईं ले न्याय गर्न खोज्दा खोज्दै वैद्य र बिप्लब हरु बाहिरिएका हुन ! तर होइन रहेछ बिगतका पार्टी फुट मा तपाईंको हिस्सा पनि जबर्जस्त रहेछ भन्ने देखियो।

यस्तै यस्तै मोहन खत्री लगायतले फेसबुकमै चिट्ठइ लेखेर आफ्नो नाम केन्द्रिय सदस्यमा नपरेकोमा बिलौना गरेका छन् । उनले लेखेका छन्, दुखको साथ भन्नु पर्दा आफ्नो त भएको केन्द्रिय सदस्य र भनिएको पोलिट्ब्युरो सद्स्य पनि खोसिएछ । अध्यक्ष क. प्रचण्ड र अन्य नेताहरूको नजरमा मेरो त नेकपाको केन्द्रिय सदस्य हुने योगदान र योग्यता नै पुगेको रहेन छ। पार्टी ,क्रान्ति र जनता प्रति इमानदारीपुर्ण समर्पित भएर सधैं कार्यक्षेत्रमा लागीरहे , जस्तै अप्ठ्यारो अबस्थामा पनि अध्यक्ष क प्रचण्डको साथ छोडिन तर नेताको चाकरी गर्दै “ गणेश “ बन्न जानिन , पार्टी र नेतृत्वलाई धोका दिएर अन्य पार्टी चाहर्न जानिन, एकतामा फड्को मरेर आएको पनि परिन् । त्यसैले होला केन्द्रीय कमिटीमा अटाउन नसकेको ।

यस्तै राम कार्की स्थाई समितिमा नपरेकोमा पूर्वका माओवादी नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् । कृषीमन्त्री समेत रहेका, प्रचण्ड प्रधानमन्त्री हुंदा प्रमुख राजनीतिक सल्लाहाकार बनेका नेता चक्रपाणी खनाल पनि स्थाई समितिमा परेनन् ।
यसअघि पोलिट्ब्यूरो सदस्य रहेका माओवादी नेता श्रीप्रसाद जगेबुलाई अध्यक्ष प्रचण्डले कृषि राज्य मन्त्री पनि बनाए । तर अहिले उनी केन्द्रीय सदस्यमा अटाउन सकेनन् । त्यसैले फेसबुकमा असन्तुटि पोख्दै अव पार्टीबाट विश्राम लिने घोषणा गरेका छन् उनले ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ