सुर्खेत, जेठ ११।
कर्णाली प्रदेशको प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यस अघि पहिलो अधिवेशनकै क्रममा बैठकमा पेश भई छलफल भएको कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ आजको बैठकमा निर्णयार्थ प्रस्तुत हुने संसद सचिवाललयले जानकारी दिएको छ ।
यस्तै, आज चार वटा विधेयक बैठकमा पेश हुँदैछन् । प्रदेश सभा सचिवालयका सचिव राजेश पौडेलले सामाजिक संघसंस्था नियमन सम्बन्धी विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी बनेको विधेयक–२०७५, सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक र कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी बनेको विधेयक पेश हुने जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठक दिउसो १ बजे बस्दैछ । यसअघि प्रदेश सभाको २२ वटा बैठक बसी पहिलो अधिवेशन सकिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline