कर नबुझाउने १२ करदातालाई कारबाही, काे काे परे ?

कर नबुझाउने १२ करदातालाई कारबाही, काे काे परे ?

  • बिहिबार, जेष्ठ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

लहान, १० जेठ । आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४÷७५ मा १२ करदातालाई कारबाही गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारबाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारबाही गरी रु ३८ लाख ८८ हजार जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ । आन्तरिक राजश्व कार्यालयले चालू आवको १० महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

सगरमाथा अञ्चलको छवटै जिल्लामा कार्यक्षेत्र भएको आन्तरिक राजश्वले चालू आवमा रु एक अर्ब ३३ करोड ६३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा आव सकिन डेढ महिनामात्र बाँकी रहँदा रु एक अर्ब ४३ करोड ६० लाख ६१ हजार राजश्व संकलन भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

चालू आवमा अन्तःशुल्कतर्फ रु ३८ करोड ५८ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु ४४ करोड २६ लाख ३० संकलन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ