काठमाडौँ, ७ जेठ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुनःनिर्माण प्रक्रियालाई सरल बनाई तीव्रता दिइने उल्लेख गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आव २०७५÷२०७६ को नीति तथा कार्यक्रममा २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा र सरकारी भवन पुनःनिर्माणलाई सरल बनाई तीव्रता दिइने उल्लेख गरिएको हो ।
भूकम्पबाट क्षतिग्रस्त संरचना, सम्पदा तथा पूर्वाधारहरुको पुनःनिर्माणमा तीव्रता दिइने उहाँले उल्लेख गर्नुभयो ।
एक वर्षमा निजी आवास पुनःनिर्माणलाई सक्ने एवं तीन वर्षमा काष्ठमण्डप, धरहरा र रानीपोखरी जस्ता सम्पदाको काम सक्ने नीति सरकारले लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline