काठमाडौं, जेठ ७ ।
सरकारले आज आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
एक दशकभित्रै समृद्धि सहितको सम्मानित अवस्थामा देशलाई र्पुयाउने प्रतिबद्धता सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
राजधानीको नया बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले दश वर्ष भित्रै अन्तर्रा्ष्ट्रिय तहमा सम्मानित बनाउने घोषणा गरेको हो ।
बुद्ध र सगरमाथाले चिनिने मुलुकलाई समृद्ध मुलुकको रुपमा सम्मानित बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले कुनै बहानामा सरकारी काममा जोर जुलुम र अराजकता स्वीकार नहुने पनि बताएको छ ।
यसैगरि सरकारले नीति तथा कार्यक्रममा जनता सामू लोकप्रिय हुन जनताको काम गरेर हासिल गर्ने बताएको छ । कोशी गण्डकी कर्णली नदीमा जल यातायात संचालनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिने छ ।
आधारभूत उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्नुका साथै सबै स्थानीय तहमा रोजगार सूचना कक्ष पनि स्थापना गरिने जनाईएको छ ।
आज सार्वजनकि भएको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा र प्रतिनिधिसभाको दुवै सदनमा केही दिन छलफल हुनेछ ।
छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ समेत दिनु हुनेछ । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारित गर्नका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।
नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी अण्डरलाईनले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य प्रतिविम्वित हुने बताइएको छ ।