अबदेखि चिनियाँ पर्यटकले आफ्नै भाषामा नेपालकोबारेमा अध्ययन गर्न पाउने

अबदेखि चिनियाँ पर्यटकले आफ्नै भाषामा नेपालकोबारेमा अध्ययन गर्न पाउने

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

७ जेठ, काठमाडौं ।
चिनिया पर्यटकलाई लक्षित गर्दै सरकारले चिनियाँ भाषामा नेपाल टुरिजम वेबसाइट सञ्चालनमा ल्याएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले काठमाडौंमा आज आयोजित एक कार्यक्रमकाबीच चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाइटको उद्घाटन गर्नुभयो ।

सो क्रममा मन्त्री अधिकारीले चिनिया पर्यटकहरुको गुणात्मक वृद्धि गर्न चिनियाँ भाषामै वेबसाइट सञ्चालन गरिएको बताउनु भयो ।

आगामी १० वर्ष्भित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत र्पुयाउने सरकारको लक्ष्य पूरा गर्न पनि चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन सरकारले उच्च प्राथमिकता दिएको उहाँको भनाई थियो ।

पर्यटन क्षेत्रनै मुलुकको आर्थिक समृद्धिको मूल आधार रहेको भन्दै उहाँले नेपालको आर्थिक विकासमा चीन सरकारले र्पुयाउदै आएको योगदानको पनि खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रममा चीनका राजदुत यू होङले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न चीन सरकार नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको माध्यामबाट समृद्धिको दिशामा अघि बढेको पनि स्पष्ट पार्नुभयो ।

उक्त वेबसाइटमा पर्यटन बोर्डले नेपालका विभिन्न आकर्षक गन्तव्यको भिडियो र फोटोहरु राखिएको छ ।

चिनियाँ भाषाको वेबसाइटमा जान www.welcomenepal.com  मा लग इन गरी चिनियाँ भाषाको वेबसाइट रोज्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ