भूकम्पबाट क्षतिग्रस्त चैत्यको पुनः निर्माण सम्पन्न

भूकम्पबाट क्षतिग्रस्त चैत्यको पुनः निर्माण सम्पन्न

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, ५ जेठ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न गरेको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढेपछि पुनःनिर्माण गरिएको हो ।

पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार कार्य चालु आवमा शुरु गरी हालै सम्पन्न गरिएको हो । त्यस चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी पुनःनिर्माण पूरा गरिएको र अब रंगरोगन गर्न बाँकी रहेको महासमितिले जनाएको छ ।

प्राचीन चैत्य मानिने उक्त सम्पदा करिब रु ४० लाखको लागतमा महासमितिले निर्माण गरेको भए पनि विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका केही सम्पदा समयमै जीर्णाेद्वार हुन सकेका छैनन् । महासमितिले विभिन्न माध्यमबाट संकलन गरेका आर्थिक स्रोत खर्च गरेर पुनःनिर्माण कार्य सम्पन्न गरेको हो ।

पुरातत्व विभाग र महासमितिको समन्वयमा अन्य सम्पदास्थलको मर्मत तथा पुनःनिर्माणका लागि अध्ययन भइरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभएको छ ।

यसअघि स्वयम्भू महाचैत्यदेखि करीब एक किलोमिटरको दुरीमा रहेको विश्वबन्धु चैत्य (शान्ति चैत्य) पनि महासमितिले बनाएको थियो । स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुरको मर्मत तथा जीर्णोद्वारको ९० प्रतिशत कार्य महासमितिले नै गरेको छ ।

महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पूजारीका केही घर निर्माण भएका छन् भने केही निर्माण हुने क्रममा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ