काठमाडौ ५ जेठ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लामा दर्ता भएर सञ्चालन भएका यातायात समितिहरुलाई तीन दिनभित्र चल अचल सम्पत्तिको विवरण पेश गर्न निर्देशन दिएको छ ।
संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भै सञ्चालनमा रहेका यातायात व्यवसायीहरुका चार ओटा समितिलाई लिखित निर्देशन दिएको हो ।
ओखलढुंगामा दर्ता भएका माथिल्लो सगरमाथा बस व्यवसायी संघ, सिद्धिचरण यातायात व्यवसायी संघ, न्यू सुपर यातायात व्यवसायी संघ र ओखलढुंगा यातायात सेवा समितिलाई लिखित निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले जानकारी दिनुभयो ।
गृहको निर्देशनअनुसार सम्पत्ति विवरण माग गरिएको उहाँले भनाई छ । ओखलढुंगामा दर्ता भएर चार वटा यातायात समिति संचालनमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline