निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारहरुको सूची मागः गृहमन्त्रीले दिए यस्तो निर्देशन

निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारहरुको सूची मागः गृहमन्त्रीले दिए यस्तो निर्देशन

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं ३ जेठ,।
गृहमन्त्री रामबहादुर थापाले निर्माणका काममा लापरवाही गर्ने ठेकेदारको सूची माग्नुभएको छ ।

लापरवाही गर्ने ठेकेदारलाई कानुनबमोजिम कारवाही गर्ने उद्घोष गर्नुभएका गृहमन्त्रीको निर्देशनपछि आज गृहमन्त्रालयले भवन,सडक तथा पुल निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन निर्माण गर्ने ठेकेदारहरुको सूची पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

अबको एक हप्ताभित्र देशभरबाट यस्ता ठेकोदरको सूची मन्त्रालयमा आउने जनाईएको छ । आज बिभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्री बादलले यस्तो सूची बनाउन निर्देशन दिनुभएको थियो ।

गृहमन्त्री बादलको निर्देशन अनुरुप गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई पठाएको परिपत्र गरेको हो ।

गृहमन्त्रालयले यस्तो सूची आइसकेपछि उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसीमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधिमा काम सम्पन्न नगरे पक्राउ गर्ने आजको बैठकमा निर्देशन दिनुभएको थियो ।

यसैबिच आजको बैठमा गृहमन्त्री थापा सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको पालनाका लागि नियमहरुको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिनुभएको छ ।

उहाले ट्राफिक प्रहरीलाई निर्देशन दिँदै अब माइक्रो र टेम्पो एक जना पनि उभिएका यात्रु नदेखिने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

बैठक लगत्तै ट्राफिक नियममा कडाई सुरु भएको छ । काठमाडौं उपत्यकामा आजबाट नै तीन पाङ्ग्रे टेम्पुहरुमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपाईने व्यवस्था कडाईका साथ लागू गरिएको छ ।

आगामी आईतबारदेखि माईक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाईपूर्वक लागु गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरु गरेको छ ।

यस्तै ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो अजको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन निर्देशन दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ