एक वर्षमा सबै गाउँपालिकामा ईन्टरनेटको पुँहुच र्पुयाउनेः यस्तो छ अहिलेको अवस्था

एक वर्षमा सबै गाउँपालिकामा ईन्टरनेटको पुँहुच र्पुयाउनेः यस्तो छ अहिलेको अवस्था

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, २ जेठ ।
नेपाल दुरसञ्चार प्राधिकरणले एक वर्षमा मुलुकका सम्पुर्ण गाउँपालिकामा ईन्टरनेटको पुँहुच र्पुयाउने जनाएको छ ।

७७ जिल्ला सदरमुकाममा ईन्टरनेटको पहुँच पुगेपनि सबै स्थानिय तहमा र्पुयाउने लक्ष्य लिईएको प्राधिकरणका प्रवक्ता पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

भौगोलिक अवस्था सहित खर्चका हिसाबले पनि सहज पर्ने तार रहित ईन्टरनेट सेवाको पहुँच बढाईनेछ ।

विश्व दुरसञ्चार दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्राधिकरणले ९० प्रतिशत जनतामा मोबाईल फोनको पहुँच पुगेको उल्लेख गरेको छ । कुल जनसंख्याको ४० प्रतिशत ईन्टरनेटको पहुँच पुगेको तथ्यांक छ ।

सिम प्रयोगका आधारमा १ सय ४० प्रतिशत जनताले मोबाईलको प्रयोग गरिरहे पनि दुई भन्दा बढि सिमको प्रयोग एकै जनाले गर्ने भएकाले जनसंख्या भन्दा प्रयोग संख्या बढि भएको प्रवक्ता खनालले बताउनु भयो ।

सन् १९६९ देखि संयुक्त राष्ट्रसंघले विश्व टेलिग्राफ सम्मेलनको सम्झनामा दिवस मनाउन शुरु गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ