प्रदेश ७ को संसद अधिवेशन आजदेखि

प्रदेश ७ को संसद अधिवेशन आजदेखि

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

डोटी २ जेठ ।
प्रदेश ७ को बर्खे अधिवेशन आज अपरान्ह चार बजेदेखि शुरु हुने भएको छ । बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्न प्रदेश सरकारले तयारी शुरु गरेको छ । बजेटको पूर्व तयारी गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय छलफल थालेको छ ।

आज बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पूर्वबजेट छलफलका लागि प्रदेशसभा बैठकमा आ.व २०७५–०७६ को पूर्वबजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी प्रदेश ७ सचिवालयले दिएको छ ।

पूर्वबजेट छलफलमा बजेटको सिद्धान्त, बजेटको उद्देश्य, बजेटको प्राथमिकता र बजेटको प्रमुख नीतिहरुका बारेमा छलफल हुनेछन् । प्रदेश सभाको बैठकमा पूर्व बजेटबारे प्रदेशसभा सदस्यहरुले छलफल गर्नेछन ।

प्रदेश सरकारले ल्याउने बजेटलाई सहयोग पुग्ने गरी सुझाव आउने विश्वास आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकरकृष्ण श्रेष्ठले गर्नुभएको छ । प्रदेश सरकार असार १ गते बजेट सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ