तराईका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध, दैलेखमा तीन दिनदेखि बिजुली आपूर्ति बन्द

तराईका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरुद्ध, दैलेखमा तीन दिनदेखि बिजुली आपूर्ति बन्द

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ १ जेठ ।
हावाहुरीका पोल ढलेपछि तराईका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।

महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म विद्युत सेवा अवरुद्ध रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभएको छ ।

उक्त क्षेत्रमा विद्युतको खम्बा र तार मर्मतको काम भइरहेकाले बेलुकीसम्ममा विद्युत आपूर्ति हुने अधिकारीले बताउनु भयो । ट्रान्सफरमर जलेको ठाउँहरुमा भने विद्युत आपूर्तिमा केही समय लाग्ने भएको छ ।

तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको विद्युत प्राधिकरणले जनाएको छ । यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समस्या आएको छ ।

हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिन सर्वसाधारणमा आग्रह समेत गरिएको छ ।

यसैबीच दैलेखका विभिन्न स्थानमा तीन दिनदेखि बिजुली आपूर्ति बन्द हुँदा सरकारी तथा गैरसकारी कार्यालयमा सेवा प्रभावित भएको छ ।

विद्युत बनाउन प्राधिकरणको टोली गएपनि कहाँ बिग्रेको भन्ने पत्ता लगाउन नसक्दा विद्युत आपूर्ति सुचारु गर्न नसकिएको प्राधिकरण दैलेखका कार्यालय प्रमुख धीरेन्द्र बजगाईले जानकारी दिनुभयो ।

बिजुली नभएपछि सञ्चारमा समेत अवरोध पुगेको छ । ब्याकअप व्यवस्था नभएका कारण नेपाल टेलिकमको टेलिफोन सेवा पनि प्रभावित छ ।

कक्षा ११ को परीक्षा चलिरहेकै समय बिजुली नहुँदा विद्यार्थीहरुको पठनपाठनमा समेत अवरोध पुगेको छ भने दैलेखका ३ वटा रेडियोको प्रसारण र आधा दर्जन पत्रिकाको प्रकाशन समेत बन्द भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ