धरहरा पुनर्निर्माण प्राधिकरण आफैले बनाउने

धरहरा पुनर्निर्माण प्राधिकरण आफैले बनाउने

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ, १ जेठ ।
लामो समयदेखि अलपत्र रहेको भूकम्पबाट क्षतिग्रस्त काठमाडौको धरहरा पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै गर्ने भएको छ ।

धरहरा पुनर्निर्माणको शिलान्यास असारमै गर्नेगरी तयारी गर्दै पुनर्निर्माणका लागि टेण्डर आह्वान समेत भइसकेको प्राधिकरणले जनाएको छ ।

धरहरा पुन पुनर्निर्माणका लागि झन्डै चार अर्ब रुपैयाँ लाग्ने लागत अनुमान गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिनुभयो ।

शिलान्यास भएको दुई वर्षमा धरहरा पुनर्निर्माण भइसक्ने प्राधिकरणको लक्ष्य छ । यसअघि सरकारले ‘हाम्रो धरहरा हामी आफैँ बनाउँछौँ’ अभियान सुरु गरेको थियो । अभियान अन्तर्गतबाट २४ करोड रुपैयाँ संकलन भएको जनाएको छ ।

धरहराको पुनर्निर्माण नेपाल टेलिकमले गर्ने प्रतिबद्धता जनाए पनि करिब अढाइ वर्षपछि निर्णय फिर्ता लिएको थियो ।

यद्यपी पुनर्निर्माणका लागि भने टेलिकमले एक अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका अनुसार बाँकी अपुग रकम सरकारले व्यहोर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ