विद्युतीय भुक्तानी सेवा शुरु

विद्युतीय भुक्तानी सेवा शुरु

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 

पाल्पा, २७ वैशाख।

सरकारले चालु आर्थिक वर्षभित्र सबै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिने निर्णय गरेसँगै पाल्पामा पनि उक्त सेवा लागू भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले विद्युतीय भुक्तानी सेवा शुरु गरेको हो । कार्यालयले ‘हाम्रो पुस्तक पसल’लाई पहिलो विद्युतीय भुक्तानी सेवा दिएको हो । विद्युतीय भुक्तानी सेवामा केन्द्रीय सरकारी कार्यालयले भुक्तानी गर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित पार्टी, फर्म तथा संघसंस्थाको बंैक खातामा सिधै राखिदिने प्रमुख कोष नियन्त्रक वासुदेव शर्माले बताउनुभयो ।

पाल्पाका संघीय कार्यालयअन्तर्गत पार्टी, फर्म तथा संघसंस्थालाई भुक्तानी हुने रकम चेकमार्फत नभई विद्युतीय भुक्तानी सेवामार्फत सिधै बंैक खातामा जम्मा हुने शर्मा बताउनुहुन्छ । हालसम्म सरकारी कार्यालयले पार्टी, फर्म र संघसंस्थालाई एकल खाता कोष प्रणालीमार्फत भुक्तानी गर्दै आएका थिए ।

संघीय कार्यालयले पार्टी, फर्म तथा संघसंस्थालाई दिने भुक्तानी आदेशको अनलाइन तथा लिखित कागजपत्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गर्नुपर्ने, सोही आधारमा कार्यालयले लिखित तथा अनलाइन कागजपत्र प्रमाणित गरेपछि मात्र कार्यालयले सम्बन्धित पक्षको रकम सोझै बैंकमा जम्मा गरिदिनेछ । विद्युतीय सेवा भुक्तानीका लागि फर्मको नाम, बैंक खाता र स्थायी लेखा नं अनिवार्य हुनुपर्ने प्रमुख कोष नियन्त्रक शर्माले बताउनुभयो ।

आगामी साउन १ गतेदेखि संघीय कार्यालयमा अनिवार्य रुपमा विद्युतीय सेवा भुक्तानी लागू हुने कोलेनिकाको कार्यालयले जनाएको छ । सो सेवा लागू भएपछि पार्टी, फर्म तथा संघसंस्था चेक लिएर बैंक धाउनुपर्ने बाध्यता हटनुका साथै सेवाग्राहीको समय बचत हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ