काठमाडौं, वैशाख २६ ।
अर्थमन्त्री युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता आज संसदमा पेश गर्दै हुनुहुन्छ ।
अर्थमन्त्री खतिवडाले आज बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसुचि रहेको अर्थमन्त्रालयले जनाएको छ । संघीय संसदको बजेट अधिवेश गत वैशाख २३ गतेबाट सुरु भइसकेको छ ।
प्रि बजेटका लागि बैठक आज दिउसो १ बजेका लागि बोलाइएको संसद सचिवालयका सह प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
बजेट संघीयता कार्यान्वयन, दिगो विकासका लक्ष्य पुरा गर्ने, पूर्वाधार क्षेत्रमा लगानी, पुनर्निमाणमा प्राथमिकता लगायतका विषयमा केन्द्रित हुने बताइएको छ ।
केहि महत्वकांक्षी नारा समेत अघि सार्ने अर्थमन्त्री खतिवडाको तयारी रहेको छ । चालु आर्थिक वर्षको लागि योजना आयोगले १२ खर्ब ४ अर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ ।