काठमाडौं, वैशाख २४ ।
नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न सफल भए पनि यसपछि सेवा,सुविधामा प्रतिस्पर्धा गराउने र सर्वसाधारणलाई सहज सुविधा दिलाउनेबारे सरकार योजनाविहीन रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बिडारीले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट अन्त्य गर्ने सरकारको निर्णय प्रशंसा योग्य भए पनि सर्वसाधरणलाई सहज सेवा उपलब्ध गराउने योजना भने सरकारसँग नरहेको आरोप पनि लगाउनु भयो
उहाँले सरकारका पदाधिकारीबाटै सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको भन्दै दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभएको थियो ।
सांसद बिडारीले सार्वजनिक संस्थाको रुपमा दर्ता भएका यातायात समितिहरुको अरबौँको सम्पत्ति रहेको पनि बताउनु भयो ।
तर ती बैंक खाताहरु सरकारको निर्देशनमा रोक्का भईसकेकोले अब उक्त खातामा रहेको रकम सरकारको या व्यावसायी कस्को हुने भन्ने उहाँले प्रश्न गर्नुभयो ।