माओवादी केन्द्रका सांसदको सुझावः परम्परागत भन्दा नयाँ कुरा बजेटमा आउनुपर्छ

माओवादी केन्द्रका सांसदको सुझावः परम्परागत भन्दा नयाँ कुरा बजेटमा आउनुपर्छ

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२४ वैशाख, काठमाडौं ।
माओवादी केन्द्रका सांसदहरुले जनताले प्रत्यक्ष लाभको अनुभूत गर्ने बजेट बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ को बजेटबारे सुझाव लिन आज बोलाइएको संसदीय दलको बैठकमा सांसदहरुले परम्परागत भन्दा नयाँ कुरा बजेटमा आउनुपर्ने, विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने लगायतका विषयमा सुझाव राखेका थिए ।

पार्टीको घोषणा पत्रअनुसार जनमुखी बजेट निर्माण गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँटका विषयमा सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा बैठकमा छलफल गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभएको छ ।
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, खानेपानीमन्त्री विना मगर, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, नेताहरु टोपबहादुर रायमाझी, जनार्दन शर्मा ‘प्रभाकर’, अमनलाल मोदी, कमला रोकालगायतले धारणा राख्नुभएको थियो ।

सांसदहरुले बोल्ने क्रम नसकिएपछि भोलि बिहान ८ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको छ । भोलिको बैठकमा अध्यक्ष प्रचण्डले सांसदहरुका जिज्ञासाको जवाफ दिने प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगलले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ