सातै प्रदेशका २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्काः कुन खातामा कति रकम छ ?

सातै प्रदेशका २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्काः कुन खातामा कति रकम छ ?

  • सोमवार, बैशाख २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, बैशाख २४ ।
सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले अवैध रुपमा सञ्चालित २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरेको छ ।

अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्रअनुसार तोकिएका समितिहरुको खाता रोक्का गर्न निर्देशन आएको राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पठाएको पत्रमा उल्लेख छ ।

सरकारले यातायात समितिहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेलगत्तै नेपाल राष्ट्र बैंकले ती समितिहरुको बैंक खाता रोक्का गरेको जनाउदै राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले अब सरकारकै निर्देशन नआएसम्म ती खाता फुकुवा नहुने बताउनु भयो ।

राष्ट्र बैंकले सरकारी निर्देशनअनुसार सातवटै प्रदेशका समितिका खाता रोक्का भएका हुन् ।

जसमा प्रदेश १ मा ३५ वटा, २ मा १० वटा, ३ मा १ सय १८ वटा, ४ मा २४ वटा, ५ मा ४० वटा, कर्णालीमा १२ वटा र प्रदेश ७ मा ९ वटा यातायात समिति परेका छन् ।

सरकारले पठाएको पत्रको आशयका आधारमा यो संख्या अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यी खातामा कति रकम छ भन्नेबारे जानकारी गराईएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ