ओमानमा अपहरण पछी बलात्कार गरि हत्या गर्न खोजिएकी युवतीको उद्दार

ओमानमा अपहरण पछी बलात्कार गरि हत्या गर्न खोजिएकी युवतीको उद्दार

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ — ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् ।

 

शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३:३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन् । ‘राम्रो घरमा काम लगाइदिन्छु’ भनी बोलाएर ती युवतीलाई बंगालीहरूले एउटा भवनमा लगेर बलात्कार गरेको पीडितले बताइन् ।
उनका अनुसार बलात्कार घटना सार्वजनिक हुने डरले उनीहरूले हत्या योजनासमेत बनाएका थिए । तर तीमध्ये एक बंगाली हत्याको विपक्षमा उभिएपछि उनीहरूवीच विवाद भएको थियो । त्यही मौकामा आफू भागेर शौचालयमा लुकेको उनले बताइन् ।
‘मलाई त्यत्तिकै छाडिदिए जबर्जस्ती करणी र अपहरणको पोल खुल्ने डरले मारेर नजिकैको पानी ट्यांकीमा फ्याँकिदिने योजना बनाए । एउटा ठूलो बोरा र घन पनि ल्याए । बुर्काले मेरो मुख बन्द गरिदिए,’ उनले सुनाइन्, ‘मलाई बोलाउने बंगाली हत्याको विरुद्धमा उभिएपछि अरूले उसलाई घाँटी थिचेर कुटपिट गर्न थाले । त्यही मौकामा भागेर शौचालयभित्र छिरेर ढोका बन्द गरें र प्रहरीलाई फोन गरें ।’ आफूले फोन गरेको २० मिनेटमै प्रहरी आएर उद्धार गरेको पीडित युवतीले बताइन् । प्रहरी आउँदा उनीहरू भागिसकेका थिए ।
ती युवती १४ महिनाअघि घरेलु कामदारका रूपमा ओमन पुगेकी थिइन् । मालिकनीबाट यातना भोग्दै आएकी उनी तलबसमेत नदिएपछि ८ महिनाअघि घर छाडेर अवैध रूपमा बाहिर काम गर्दै आएकी थिइन् । ‘एउटा बंगाली नागरिकसँग सम्पर्क भएको थियो । उसले राम्रो तलब सुविधासहित राम्रो घरमा काम लगाइदिने आश्वासन दिएर मावेलामा बोलायो । घरछेउमा पुगेपछि मालिकनीलाई बोलाउँछु भन्दै घरभित्र गयो । एकछिनमा अर्को बंगालीसहितको टोली आएर नजिकैको नयाँ घरमा लिएर गए । त्यहीँ बन्दी बनाएर जबर्जस्ती गरे,’ उनले भनिन् ।
ओमनस्थित गैरआवासीय नेपाली सामाजिक क्लबका अध्यक्ष दीपक श्रेष्ठका अनुसार मृत्युको मुखबाट जोगिएकी पीडित युवती क्लबको सम्पर्कमा छिन् । प्रहरीले घटनाको छानबिन थालेको छ । ‘अपहरण गर्ने बंगालीलाई खोजी गरी कारबाहीका लागि पहल गर्न नेपाली दूतावासलाई आग्रह गरेका छौं,’ श्रेष्ठले भने ।
यसैबीच, ओमनको राजधानीस्थित अल हेलको सडक दुर्घटनामा पोखराकी गंगा राईको घटनास्थलमै मृत्यु भएको छ । चितवनकी लेटनी गुरुङ घाइते भएकी छन् । उनीहरू दुवै जना ओआईजी कम्पनीमा कार्यरत थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी