हरेक क्षेत्रको सिण्डिकेट सरकारले तोड्दै लैजान्छः अर्थमन्त्री

हरेक क्षेत्रको सिण्डिकेट सरकारले तोड्दै लैजान्छः अर्थमन्त्री

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

वीरगञ्ज, ८ वैशाख ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको २०७५÷७६ को बजेटले वीरगञ्जलाई प्राथमिकता दिने बताउनुभएको छ ।

वीरगञ्जमा आज आयोजित राजश्व नीति तथा कार्यक्रम बारे सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले मुलुकको कूल राजश्वको ५४ प्रतिशतभन्दा बढी राजश्व संकलन हुने आर्थिक नगरी वीरगञ्जलाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।

सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पु¥याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पु¥याउने उद्योग व्यवसायलाई निरुत्साहित गर्ने बताउँर्दै मन्त्री खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने बताउनुभयो ।
उहाँले यातायातको सिण्डिकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिण्डिकेट विस्तारै सरकारले तोड्दै लैजाने जानकारी गराउनुभयो । उहाँले खोस्टा भएका पुराना भारतीय रुपैयाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि पहल गरिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ