छ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ 

छ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ 

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

 

काठमाडौँ, ५ वैशाख। 

खानेपानी मन्त्री विना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताउनुभएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानी लगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको जानकारी दिनुभयो ।
“छ महिनापछि मेलम्चीको पानी वितरण शुरु भएपछि राजधानीको खानेपानी समस्या समाधान हुन्छ, चार घण्टासम्म भएपनि पानी दिन सकिने अहिलेको अनुमान छ, मेलम्चीको १७ करोड लिटर पानी उपत्यकाका धेरै स्थानमा पु¥याउने मन्त्रालयको लक्ष्य छ”–उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरै भन्दा धेरै घरमा वितरण गर्ने तयारी गरेको सुनाउनुभयो ।
कार्यक्रममा बोर्डका अध्यक्ष एवम् खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधानका लागि याङ्री र लार्केलाई पनि सफल रुपमा उपत्यका ल्याउनुपर्ने धारणा राख्नुभयो ।
मेलम्ची, याङ्री र लार्केको समेत पानी राजधानी ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा वितरण गरिन्छ । उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि विसं २०६२ वैशाख ५ गते बोर्डको स्थापना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ