प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ आजबाट शुरु

प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ आजबाट शुरु

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

 

काठमाडौँ, १ वैशाख  । 

‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ ।

केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एंव अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलव्ध गराउनु रहेको छ ।

आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्नका लागि विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ । सो कार्यका लागि सुपरिवेक्षक तथा गणकलाई तालीम प्रदान गरी आआफ्नो कार्य क्षेत्रमा खटाइसकिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिनुभयो ।

विभागबाट आर्थिक गणनाका विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी पुग्ने भएकाले त्यसमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसंग उहाँले आग्रह गर्नुभयो ।

महानिर्देशक अर्यालले मुलुकमा आर्थिक तथ्यांक प्रणालीलाई मजबुत तुल्याउनु पर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै सबै उद्योग, व्यवसाय, विभिन्न सेवाप्रदायकलगायतका संघसंस्थाजस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को तथ्यांक संकलन गर्ने बताउनुभयो ।

राष्ट्रिय आर्थिक गणना नेपालको पहिलो तथा ऐतिहासिक बृहत् तथ्यंकीय कार्य भएकाले गणनाको स्मृतिमा विभागले आफ्नो परिसरमा ‘आर्थिक गणना स्तम्भ’ समेत निर्माण गरेको छ ।

विभागद्वारा यहाँ आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुभारम्भ तथा स्तम्भको अनावरण गर्नुभयो ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि ‘राष्ट्रिय आर्थिक गणना २०७५’ कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी