काठमाडौ २९ चैत्र ।
विभिन्न मन्त्रालय मातहत रहेर भूकम्पपछिको पुनरनिर्माण कार्यमा सहभागी हुदै आएका सबै निकाय आजदेखि राष्ट्रिय पुनरनिर्माण प्राधिकरण मातहतमा रहने भएका छन् ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको प्राधिकरण निर्देशक समितिको निर्णय अनुसार आजदेखि पुनरनिर्माणमा संलग्न सबै निकायलाई एकातृत गरी नयाँ संगठात्मक संरचनाबाट काम हुन लागेको हो ।
नयाँ संरचना अनुसार शिक्षा मन्त्रालय अन्तरगत रहेको केन्द्रिय आयोजना इकाई कार्यलय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतका केन्द्रिय आयोजना इकाइ प्राधिकरण मातहत रहनेछन् ।
यस्तै संघिय मामिला तथा स्थानीय विकास मन्त्राल अन्तरगत रहेको केन्द्रिय आयोजना इकाई पनि आजबाट राष्ट्रिय पुनरनिर्माण प्राधिकरण मातहत रहनेछ ।
आजदेखि भूकम्प प्रभावित ३१ वटा जिल्लामा अनुदान व्यवस्थापनका लागि स्थानीय पूर्वाधार केन्द्र्रिय तथा जिल्ला आयोजना कार्यन्वयन एकाइ रहनेछन् ।
उक्त इकाइबाट भूकम्प प्रभावितलाई अनुदान वितरण तथा स्थानीय पूर्वाधार निर्माणमा सहयोग पु¥याउने प्राधिकरण जनाएको छ ।