काठमाडौं २८ चैत, ।
प्रदेश २ को सरकारले स्रोत साधनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको बताएको छ ।
चालु आर्थिक वर्षको बाँकी अवधि नीतिगत, कानुनी तथा संरचनागत प्रवन्ध गर्दै सरकारी संयन्त्रलाई काम गर्न सक्ने बनाइने पनि सरकारले बताएको छ ।
प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले आज प्रदेशसभाकमा सरकारको ६० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
प्रदेश सरकारप्रति जनअपेक्षा धेरै भएपनि नीतिगत, कानुनी, संस्थागत एवं व्यवस्थापकीय प्रवन्धहरु नभएका कारण परिर्वतनको अनुभूति हुने कार्यक्रम गर्न नसकिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले राजश्व र अनुदान बाँडफाँट गर्दा जनसंख्या र मानव विकास सूचकांकलाई आधारमा बनाउनु पर्ने माग गरेको छ । प्रदेश २ को सरकारले औद्योगिक क्षेत्रहरुमा बन्द हड्ताल हुन नदिनेसहितका कार्ययोजना पनि अघि सारेको छ ।
मधेस आन्दोलन सुरु भएको दिन माघ ५ लाई मधेस आन्दोलन दिवस मनाउने र प्रदेशको स्थायी राजधानीबारे छिट्टै निर्णय गर्ने पनि प्रदेश २ को सरकारको नीथि तथा कार्यक्रममा उल्लेख छ ।