बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा वितरण छिट्टै हुन्छ: मन्त्री पुन

बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा वितरण छिट्टै हुन्छ: मन्त्री पुन

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ १७ चैत्र ।
सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ ।

बूढीगण्डकी आयोजना सरोकार समितिले मुआब्जा वितरण प्रक्रियामा देखिएको समस्या समाधानका लागि आग्रह गर्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनाबारे छिट्टै आवश्यक निर्णय लिइने बताउनुभयो ।

स्थानीयवासीलाई नै विश्वासमा लिएर आयोजना निर्माण गर्ने जनाउँदै उहाँले रोकिएको मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्ने र मुआब्जा निर्धारण गर्न बाँकी रहेका स्थानमा पनि छिट्टै निर्धारण हुने जानकारी दिनुभयो ।

आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए ।

चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले मुआब्जा रकम पाउन सकेका छैनन् । मुआब्जा वितरणका लागि सरकारले स्थानीय तहमार्फत काम गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ