प्रदेश १ सरकारले तीन महिनाका लागि ३ अर्बको बजेट ल्याउने

प्रदेश १ सरकारले तीन महिनाका लागि ३ अर्बको बजेट ल्याउने

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

विराटनगर १६ चैत ।
प्रदेश १ को सरकारले यही चैतको तेस्रो साता आंशिक बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक विधेयक पारित भए लगैत तीन महिनाका लागि तीन अर्ब बढीको बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको हो ।

१४ चैतमा प्रदेश संसदमा आर्थिक कार्य्विधि ऐन पेश भएको थियो । आर्थिक कार्य्विधि पास भए लगतै चालु खर्र्च बजेटका लागि नीति तथा कार्यक्रम बनाउन समिति गठन गरिने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले जानकारी दिनुभएको छ ।

अर्थमन्त्री आङ्म्बोले बजेटका लागि छलफल र नीति तथा कार्यक्रमको तयारी समेत गरिरहेको जानकारी दिनुभएको छ ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई आधार बनाएर प्रदेशको आयव्यव तथा बजेट सार्वजनिक गर्ने सरकारको तयारी रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

मन्त्री आङ्म्बेले तीन महिनाको अवधि भित्रको सीमामा अधिकतम् खर्च गर्न सक्ने हैसियतलाई आधार मानेर एक अर्ब भन्दा माथिको बजेट आउने जानकारी दिए ।

तर, प्रदेश सरकारले १४ वटा समन्वय समितिमा २ अर्बभन्दा बढी रकम आफ्नो मातहातमा ल्याउन प्रयास समेत गरिरहेकाले बजेटको आकार भने ठूलो हुन सक्ने उहाको भनाई छ ।
केन्द्बाट एक अर्ब २ करोड रुपैयाँ अनुदान प्रदेश सरकारलाई प्राप्त हुनेछ । त्यसबाहेक अहिले जिल्ला समन्वय समिति मोरङको सञ्चित खातामा मात्र २७ करोड १७ लाख रुपैयाँ रहेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ