पोखरामा पहिलोपटक बैंकिङ/बीमा एक्स्पो सम्पन्न

पोखरामा पहिलोपटक बैंकिङ/बीमा एक्स्पो सम्पन्न

  • सोमवार, चैत्र १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

प्रदेश नं. ४ को राजधानी पोखरामा पहिलोपटक बैंकिङ÷बीमा एक्स्पो सम्पन्न भएको छ । दुई दिनसम्म संचालन गरिएको एक्स्पोमा मेनेजमेन्टका विद्यार्थी, व्यापारी, उद्यमी एवम् सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष भरतराज ढकाल, डेभलपमेन्ट बैंकर्स संघका सचिव रेशम थापा लगायत विभिन्न बैंकर्सको उपस्थिती रहेको थियो ।

आइतबार वित्तीय जागरणसम्बन्धी र्यालीसहित सुरु भएको बैंकिङ÷बीमा एक्स्पोको सोमबार डेभलपमेन्ट बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद ढकालले समापन गरे । आइतबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँद्धारा उद्घाटन गरिएको कार्यक्रममा दुई दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाले आफ्नो स्टल संचालन गरेका थिए ।

मिडिया इन्टरनेशनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य एवम् बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र माइक्रोफाइनानस बैंकर्स संघसँगको साझेदारीमा सम्पन्न कार्यक्रममा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले तयार पारेको वित्तीय साक्षरतासम्बन्धी नाटक प्रस्तुत गरिएको थियो ,साथै, स्टल संचालन गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

हरेक नेपालीको बैंक खाता, समाजिक सुरक्षाभत्ता बैंकमार्फत भन्ने सरकारको नारालाई सार्थक तुल्याउन मुलुकका विभिन्न स्थानहरुमा संचालन भइरहेको ‘वित्तीय जागरण ः राष्ट्रिय अभियान’ अन्तर्गत यसपटक पोखरामा बैंकिङ÷बीमा एक्स्पो संचालन गरिएको र यस्ता कार्यक्रमहरुलाई आगमी दिनहरुमा पनि निरन्तरता दिँदै जाने आयोजकले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाहिर दोस्रोपटक पोखरामा बैंकिङ÷बीमा एक्स्पो संचालन गरिएको वित्तीय जागरण ः राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले बताए यसअघि, इटहरीमा बैंकिङ÷बीमा एक्स्पो सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ