गाउँपालीकामा बैंक नहुदा स्थानीय बसीन्दालाई सास्ती

गाउँपालीकामा बैंक नहुदा स्थानीय बसीन्दालाई सास्ती

  • आइतवार, चैत्र ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

सिन्धुली, ११ चैत ।

सिन्धुलीका केही स्थानीय तहका गाउँपालीकामा अझैसम्म पनि बैंक स्थापना हुन सकेको छैन । जिल्लाका पाँच वटा स्थानीय तहमा बैंक नहुँदा ती गाउँपालिकाका बासिन्दाले सास्ती भोग्दै आएका छन् ।

बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम सिन्धुमाढी धाउन बाध्य भएका छन् । हरिहरपुरगढी, घ्याङ्ले, मरिण, फिक्कल र तीनपाटन गाउँपालिकामा बैंकको शाखा स्थापना हुन नसक्दा जनप्रतिनिधि र स्थानीय बासिन्दा सदरमुकाम धाउन बाध्य भएका छन् ।

सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भने पनि बैंक नहुँदा सास्ती हुने गरेको भन्दै कारोबारका लागि सदरमुकाम धाउनुपरेको हहिरपुरगढी गाँउपालिकाका अध्यक्ष कार्साङ्ग लामाले बताए । गत साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि सिन्धुलीका स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन ।

स्थानीय तहमा बैंक नहुँदा गाउँपालिकाले गर्ने हरेक काममा समस्या भएको जनप्रतिनिधीहरुले बताएका छन् । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सास्ती भएको घयांलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर ब्लोनले बताए । मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जन बैंकको कामका लागि दुई दिन माया मारेर सदरमुकाम आउन बाध्य भएको बताउछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ ।
उनले भने, “काम पर्यो कि बजार नै धाउनु पर्छ ।”हरिहरपुरगढी, घयांलेख र मरिण गाँउपालिकामा मात्रै होइन जिल्लाका फिकल गाँउपालिका र तीनपाटन गाँउपालिकाको समस्या पनि उस्तै छ । गाँउपालिकामा बैंक नहुँदा कारोबारका लागि सदरमुकाम सिन्धुलीमाढी धाउनु पर्ने अवस्था रहेको जनप्रतिनिधीहरु बताउछन् । यता गाँउपालिकामा बैंकिङ्ग सेवा नहुदाँ स्थानीय बासिन्दाहरु पनि मारमा परेको छन् ।

सिन्धुली सदरमुकाम कमालमाई नगरपालिकामा भने राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंकको शाखा लगायत अन्य थुप्रै बैंकहरु सञ्चालनमा रहेका छन् । त्यस्तै अन्य केही स्थानीय तहमा पनि बैंकको सेवा सुविधा पुगेको छ ।
तर जिल्लाका ९ वटा स्थानीय तहमध्ये हरिहरपुरगढी, फिकल, घयांलेख, मरिण र तीनपाटन गाँउपालिकामा भने कुनै पनि बैंक पुग्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ