औद्योगिक व्यापार मेला चैत २३ देखि

औद्योगिक व्यापार मेला चैत २३ देखि

  • बुधबार, चैत्र ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 

भक्तपुर, ७ चैत ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षका अवसरमा यहाँ ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४ । ७५’ आयोजना गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको बताउनुभयो ।

मेलाका संयोजक दीपक थापाले मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिइने र उपभोगकर्ताका लागि डा इवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मध्यपुर ब्याइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले मेलामा हरेक दिन विभिन्न ब्याण्ड, नृत्य तथा बि–बोइङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने बताउनुभयो ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी जग्गामा मेला आयोजना गरिने छ । मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धनका सामग्री, रोटे पिङ, मारुती जादू, कोलम्बस जादु, चिडिया घर, बालबालिकाका खेल सामग्रीको प्रदर्शनका साथै राष्ट्रियस्तरका कलाकारका हास्य व्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ