बिआरआईबाट नेपाल बढी लाभान्वित हुने विश्वास

बिआरआईबाट नेपाल बढी लाभान्वित हुने विश्वास

  • मङ्लबार, चैत्र ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 

काठमाडौँ, ६ चैत । 

उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताउनुभयो । चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको उल्लेख गर्नुभयो ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटवार्ता गर्न नेपालका लागि चीनका राजदूत यु होङ आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुग्नुभएको थियो । उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नातर्फबाट उपराष्ट्रपति पुनलाई बधाई तथा शुभकामना दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेकामा चीन अत्यन्त खुशी रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने स्पष्ट गर्नुभयो । भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीको पनि उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ