हाइड्रो पावरमा शेयर भएका युवालाई ज्वाईं बनाउन हानथापः वर्षमान पुन

हाइड्रो पावरमा शेयर भएका युवालाई ज्वाईं बनाउन हानथापः वर्षमान पुन

  • शनिबार, चैत्र ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाण्डौ।
नवनियुक्त उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले हाइड्रो पावरमा शेयर भएका युवालाई ज्वाईं बनाउन हानथाप हुने वातावरण बनाउने जनाएका छन् ।
मन्त्री पदको सपथ लिएलगत्तै शुक्रबार मन्त्रालयमा कर्मचारीले गरेको स्वागत कार्यक्रममा पुनले भने, ‘पहिलापहिला जनकपुर चुरोट कारखाना र नागरिक उड्डयनका कर्मचारीलाई खोजीखोजी ज्वाईं बनाउने गरिन्थ्यो’, ‘अब हाइड्रो पावरमा शेयर भएका युवालाई ज्वाईं बनाउन हानथाप हुने वातावरण बनाउने छु ।’

माओवादी केन्द्रीय कार्यालयका वरिष्ठ सदस्यसमेत रहेका पुनले प्रधानमन्त्री केपी ओली र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकास र समृद्धिको योजनालाई मद्धत पुग्ने गरी योजना बनाएर काममा लाग्ने बताए ।
उनले जलविद्युत आयोजना निर्माण भइरहेका र हुने क्षेत्रका स्थानीय जनतालाई निश्चित प्रतिशत शेयर दिने गरी काम गरिने घोषणा पनि गरे । त्यसो गर्दा स्थानीयले आयोजना निर्माणमा अवरोध नभई सहयोग गर्ने र काम समयमै सम्पन्न हुने उनको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ