सञ्चय कोषमा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न सकिने

सञ्चय कोषमा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न सकिने

  • शुक्रबार, चैत्र २, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ, २ चैत ।
कर्मचारी सञ्चय कोषले संस्थागत रुपमा काम नगर्नेलाई समेत व्यक्तिगत रुपमा कोष कट्टीको सुविधा दिने भएको छ ।

कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौँ संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोष कट्टीको सुविधा दिन लागेको हो ।

कोषले वैदेशिक रोजगारीमा रहेकालाई समेत कोष जम्मा गर्ने सुविधा दिने तयारी गरेको कोषका कार्यवाहक प्रशासकीय प्रमुख दीपक रौनियारले जानकारी दिनुभयो ।

कोषले कोष वृद्धि गरेर रु सात खर्ब पु¥याउने तयारी गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने, स्वरोजगारमा रहेका तथा व्यक्तिगत रुपमा कुनै व्यापार तथा व्यवसायसमेत गर्नेलाई समेत कोष कट्टा गर्ने सुविधा दिन लागेको हो ।

सरकारले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा सो कार्यक्रमलाई समेत कोषमार्फत अगाडि बढाउन दिन आग्रह गरेको छ ।

कोषमा रकम जम्मा गर्दै आएका सञ्चयकर्तालाई थप सुविधा प्रदान गर्न सेवाको विविधीकरण गर्न लागिएको कोषका कार्यवाहक प्रशासकीय अधिकृत रौनियारले बताउनु भयो ।

वैदेशिक रोजगारीमा रहेका युवाले विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाले वृद्धावस्थामा समेत सहज जीवनयापनका लागि सहयोग गर्ने लक्ष्यका साथ कोषले वैदेशिक रोजगार बचत कोष सञ्चालनमा ल्याउन लागेको छ ।
कोषको सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । सञ्चालक समितिले आवश्यक निर्णय गरेपछि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ