तातोपानी नाका पुनःनिर्माणले गति लिने , चिनियाँ सहयोग सम्झौतामा हस्ताक्षर

तातोपानी नाका पुनःनिर्माणले गति लिने , चिनियाँ सहयोग सम्झौतामा हस्ताक्षर

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १ चैत ।
चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगअन्तर्गत आज तातोपानी भन्सार नाका, सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालयको पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू होङले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि अर्थसचिव अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा चीनले गरेको सहयोगको सराहना गर्दै सहयोग निरन्तरताका लागि आग्रह गर्नुभयो ।

चिनियाँ राजदूत यूले हस्ताक्षर भएका सम्झौतामा हुने सहयोगका बारेमा अवगत गराउनुभयो ।

तातोपानी भन्सार नाका पुनःनिर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गरिनेछ । यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्ष्भित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम शुरु भइसकेको छ ।

सिन्धुपाल्चोक अस्पताल पुनःनिर्माणअन्तर्गत अत्यावश्यक स्वास्थ्य उपकरणसहितको ३९ शय्या स्थापना गरिनेछ । त्यस्तै जिरी स्कूलको पुनःनिर्माणअन्तर्गत कक्षाकोठा, पुस्तकालय, शिक्षक कार्यालय, खाजाघर, खेलकूद मैदानलगायत विद्यालय पूर्वाधार निर्माण गरिनेछ ।

गोरखा भूकम्पपछिको पुनःनिर्माणका लागि काठमाडौँमा भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा चीनले झण्डै रु ४८ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । उक्त सहयोगअन्तर्गत चीनले नेपालका २५ परियोजनामा सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

जसमध्ये दशरथ रङ्शाला, निजामती अस्पताल, अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, आयुर्वे्दिक अस्पताल, दरबार हाइस्कूल, वसन्तपुर दरबार, स्याफ्रुबेँसी–रसुवागढी सडक, अरनिको राजमार्गलगायत परियोजना पुनःनिर्माणमा हस्ताक्षर हुनाका साथै केही परियोजनाको काम पनि शुरु भइसकेको सरकारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ