२० वर्ष पुगेका गाडी आजदेखि चलाउन नपाइने

२० वर्ष पुगेका गाडी आजदेखि चलाउन नपाइने

  • बिहिबार, चैत्र १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १ चैत्र ।
सरकारले आजदेखि देशैभर २० वर्ष नाघेका पुरानो सवारी साधन सन्चालनमा रोक लगाउने भएको छ । पुरान सवारी साधनका कारण वातावरण प्रदुषण बढेको भन्दै सरकारले पूर्व घोषित निति आजदेखि लागु गर्न लागेको हो ।

बीस वर्ष नाघेका सार्वजनिक यातायातका साधन सन्चालन भएको पाइएमा आजदेखि जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । त्यसका लागि प्रहरी प्रशासनलाई समेत निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिनुभयो

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकामा थोरै सवारीले मात्र बुझाएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो ।

दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । विभागले काठमाडौ उत्यकाबाट भने गत वर्ष फागुनदेखि नै पुराना सवारी साधन हटाएको थियो ।

मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्ष्भित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेपनि यातायात व्यवसायीले विरोध जनाएपछि निर्णय कार्यन्वयन गर्न ढिलाइ भएको हो ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । हाल देशभर पाँच हजार पाँच सय वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको यातायात व्यस्था विभागको तथ्यांक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ