मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

धादिङ, ३० फागुन ।
मापदण्ड विपरित बालुवा प्रशोधन मेसिन र क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले ती उद्योगकोे विद्युत् लाइन काटिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वमा गएको टोलीले सरकारले निर्धारण गरेको मापदण्ड विपरित प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी बालुवा उत्खनन र प्रशोधन गर्ने गरेको देखिएपछि ती उद्योगको विद्युत् लाइन काटेको हो ।

पृथ्वीराजमार्गको २५ मिटर क्षेत्रभित्र सञ्चालित तथा मापदण्ड नपुगेका उद्योगले नदी धमिलो हुनेगरी प्रदूषण गराएको, धुलो धुवाँले गाउँवेँसी तथा बजारवासीलाई स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएकाले त्यस्ता उद्योगलाई वैधानिक बाटोमा ल्याउन कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

टोलीले मापदण्ड विपरित राजमार्ग आसपास क्षेत्रमा सञ्चालित ६३ वटा बालुवा प्रशोधन मेसिनमा जोडिएको बत्तीको लाइन काटिएको छ भने २९ वटा क्रसर उद्योगको विद्युत् लाइन पनि काटिएको छ ।

आठवटा ट्रान्सफरमरबाट जोडिएका क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन गर्दै आएकाले यस्ता उद्योगको लाइन पनि काटिएको हो । कर छलेर उद्योग सञ्चालन गर्ने, अत्याधिक रुपमा खानीबाट बालुवा तथा अन्य खानीजन्य सामग्री उत्खनन गर्ने, त्रिुशूली नदीमा ठूला मेसिनको प्रयोगले उत्खनन गर्ने गरिएको तथा सरकारले तोकेको मापदण्ड विपरित सञ्चालित उद्योगलाई कारबाही शुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ