जिससद्वारा काठमाडौँ महानगरलाई बाह्र करोड रकम हस्तान्तरण

जिससद्वारा काठमाडौँ महानगरलाई बाह्र करोड रकम हस्तान्तरण

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २२ फागुन ।  काठमाडौँ जिल्ला समन्वय समितिले आव २०७३÷७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिष्टे«शनवापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ ।
आज यहाँ आयोजित चेक हस्तान्तरण कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर राजवैद्यले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कामपाका प्रमुख शाक्यले काठमाडाँै उपत्यकाको विकासमा कामपाले मात्र केही गर्न नसक्ने भन्दै दिगो विकासका लागि एकीकृत विकासको अवधारणाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कामपाको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले शहरलाई वातावरणमैत्री र सुन्दर बनाउनका लागि पनि जिसस र कामपाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । जिससका प्रमुख राजवैद्यले आफूहरूलाई पूर्णरूपमा काम गर्ने अधिकार नदिएको भन्दै गुनासो गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ