सिटिजन लाइफ इन्स्योरेन्सको पुल्चोकमा शाखा विस्तार

सिटिजन लाइफ इन्स्योरेन्सको पुल्चोकमा शाखा विस्तार

  • आइतवार, फाल्गुन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडाैं , २० फागुन।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । आईतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गर्नु भएको हो ।
समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
उक्त शाखाको समुद्घाटन संगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सबै
थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले
निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु. १.७५ अर्ब
चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी
रु.२.५० अर्ब पुर्याउने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ