राष्ट्रिय वाणिज्य बैंककोको एक्स्टेन्सन शाखा शुरु

राष्ट्रिय वाणिज्य बैंककोको एक्स्टेन्सन शाखा शुरु

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 

संखुवासभा, १९ फागुन ।

संखुवासभाको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले बैंकिङ सेवाको शुक्रबार उद्घाटन गर्दै बैंक चाँडै शाखाका रुपमा स्थापित हुन सफल रहने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभाका सदस्य तुलसीप्रसाद न्यौपानेले उद्यमी, व्यापारी र किसानले व्यवसायी र उद्यमशील बनेर जीवनस्तर उकास्न बंैकले सहयोग गर्ने धारणा राख्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार जोशीले ११८औँ एक्सटेन्सन शाखाका रुपमा रहेको सो वाणिज्य बैंकबाट बैंकिङ कर्जा सेवाबाहेक सम्पूर्ण सेवा सुविधा दिइने जानकारी दिनुभयो । जोशीका अनुसार रावा बैंक चैनपुरले रु ४२ करोड कर्जा प्रदान गरेकामा रु २२ करोड बजारवासीले लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ