पेट्रोलियम पदार्थ चोरि रोक्ने आयल निगमको योजना , ट्यांकरमा लगाईदैछ यस्तो ताल्चा

पेट्रोलियम पदार्थ चोरि रोक्ने आयल निगमको योजना , ट्यांकरमा लगाईदैछ यस्तो ताल्चा

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, फागुन १७ ।
नेपाल आयल निगमले पेट्रोलियम ढुवानीमा हुने चुहावट रोक्न ट्यांकरमा नयाँ ताल्चा लगाउने भएको छ ।

ढुवानीको क्रममा ट्यांकरबाट हुने चोरी रोक्न ‘सेक्युरिटी लकिङ सिस्टम’ कार्यान्वयन गर्ने तयारी गरेको निगमले ताल्चा लगाउने प्रक्रिया अगाडि बढाएको हो ।

अबको १५ दिनभित्र ट्याङरमा ताल्चा लगाउन सुरु गर्ने निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा सिलगुडीबाट झापा हुँदै आउने ट्याङकरमा ताला लगाइनेछ ।

त्यसपछि पोखरा र विराटनगरबाट आउने ट्याङकरमा ताला लगाउने निगमले जनाएको छ । निमगले इन्डियन आयल कर्पोरेसनसँग छलफल गरेर अत्याधुनिक ताल्चा लगाउने निर्णय गरेको हो ।

‘सेक्युरिटी लकिङ सिस्टम बारेमा अध्ययन गर्न निगमले गठन गरेको कार्यदलको सुझाव अनुसार यो तयारी गरेको निगमले जनाएको छ ।

आईओसीबाट झण्डै साढे १५ सय ट्यांकरले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ताल्चा लगाउन थालेपछि पेट्रोलियमको चोरी रोकिनुका साथै मिसावट हुन नपाउने निगमको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ