मोदीखोलामा सातवटा जलविद्युत् आयोजनाः दुईवटा सन्चालनमा , तीन निर्माणधिन

मोदीखोलामा सातवटा जलविद्युत् आयोजनाः दुईवटा सन्चालनमा , तीन निर्माणधिन

  • बिहिबार, फाल्गुन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

पर्वत, १७ फागुन ।
मोदी खोलामा सातवटा जलविद्युत् आयोजना बन्ने भएका छन् ।

हालसम्म मोदीमा दुईवटा आयोजना निर्माण भई सञ्चालनमा छन् भने दुईवटा निर्माणाधीन छन् । अन्य तीनवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएसँगै मोदीखोलामा जलविद्युत् आयोजना निर्माणको बाटो खुलेको हो ।

सन् २००० देखि नेपाल विद्युत् प्राधिकरणले निर्माण शुरु गरेको १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत् आयोजनाले २०५७ देखि उत्पादन शुरु गरेको थियो ।

त्यसैगरी २०६९ मा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

अहिले मनाङ ट्रेड लिंकको २० मेगावाटको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाटको मध्यमोदी आयोजना निर्माणाधीन अवस्थामा छ ।

तल्लो मोदीको ९५ प्रतिशतभन्दा बढी काम तथा मध्यमोदीको करिब आधा काम सकिएको आयोजनाले जनाएको छ ।

तल्लो मोदीको निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो ।
मोदीखोलामा पछिल्लो समय विद्युत् प्राधिकरणले दुईवटा तथा युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले एउटा आयोजना निर्माण गर्दैछ ।

प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी निर्माण गर्ने प्रक्रिया थालेको छ । युनाइटेड मोदीले १० दशमलव पाँच मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न सर्वसाधारणबाट लगानी जुटाएको थियो ।

प्राधिकरणले अपर मोदी ‘ए’ र अपर मोदी निर्माणको काम अघि बढाएको छ । आयोजना प्रमुख सञ्जीवमान राजभण्डारीले १० महिनाभित्र डिपीआर तयार हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ