बलिउड सुपरस्टार नायिका श्रीदेवीको निधन

बलिउड सुपरस्टार नायिका श्रीदेवीको निधन

  • आइतवार, फाल्गुन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी,फागुन १३ । बलिउड सुपरस्टार नायिका श्रीदेवी कपुरको हृदयाघातका कारण निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला हृदयाघातका कारण निधन भएको हो ।

श्रीमान् बोनी कपूर र छोरी खुशीका साथ विवाह समारोहमा सहभागी भइरहेको बेला उनलाई हृदयाघात भएको हो । उनले तमिल, तेलेगु, मलायाम, कनादा र हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन् ।

उनी बलिउडकी चर्चित नायिक थिइन् । सन् १९७८ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले ३ सय वटा चलचित्रमा काम गरिसकेकी थिइन् ।

सन् १९९७ मा चलचित्र ‘जुधाई’मा अभिनय गरेपछि उनी चलचित्र क्षेत्रबाट करिब १५ वर्ष बाहिरै बसेकी थिइन् ।

सन् २०१२ मा ‘इङ्लिस विङ्लिस’ बाट पुनः चलचित्र क्षेत्रमा पुनरागमन गरेकी श्रीदेवीलाई भारतीय सरकारले सन् २०१३ मा पद्माश्री अवार्डबाट विभूषित गरेको थियो ।

सन् २०१७ मा श्रीदेवीको चलचित्र ‘माम’ रिलिज भएको थियो । श्रीदेवीको यो ३०० औं चलचित्र हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी